मनोरञ्जन

‘किर्ति’को शुभ मुहूर्त

काठमाडौं । चलचित्र ‘किर्ति’को शुभ मुहूर्त गरिएको छ ।राजधानीमा एक कार्यक्रमबीच चलचित्र ‘किर्ति’को शुभ मुहूर्त गरिएको हो । राजु गिरी प्रोडक्सन प्रा।लि। र सिक्किम फिल्म्सको संयुक्त प्रस्तुतिमा चलचित्र बन्ने भएको हो ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रबिन्द्र खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न शुभ मुहूर्त कार्यक्रममा बरिष्ट सौन्दर्यबिद् सीता पाठक, ईभेण्ट अर्ग्नाइजर गोमा धिताल, नेपाल चलचित्र कलाकार सङ्घका सदस्यहरु रामेश्वर बुर्लाकोटी, धर्मेन्द्र आचार्य, जीबन थापा, कलाकार सुदर्शन आचार्यलगायतका अतिथिहरु रहेका थिए ।

रोशन बिशुंके, सबिन बास्तोला, सावित्रा चिलुवाललगायतका कलाकारले चलचित्र ‘किर्ति’को मुहूर्त सर्ट दिएको कार्यक्रममा प्रमुख अतिथि रबिन्द्र खड्काले क्ल्याप ठोकेका थिए ।

छिट्टै दार्जीलिङ र सिक्किममा छायाँकन थालिने चलचित्र‘किर्ति’मा नायक रोशन बिशुंके, नायक कमल शर्मा, नायिका करिश्मा क्षेत्री, कलाकारहरु सबिन बास्तोला, सावित्रा चिलुवाल, दावा गुरुङ, सारदा गिरी ९काली बुढी० छनौट भएका र अन्य कलाकारहरु सिक्किमबा टनै अडिसन मार्फत छानिने निर्माता दावा गुरुङले बताए ।

चलचित्र ‘किर्ति ‘का प्रस्तुतकर्ता नवीन पाख्रिन हुन भने निर्देशक राजु गिरी, निर्माता दावा गुरुङ, सङ्गीत नवीन पाख्रिन, छायांकन रामेश्वर हुँमागाई र कोरियोग्राफर रामजी लामिछाने रहेका छन् । चलचित्रको सम्पूर्ण छयाँकन सिक्किम र दार्जीलिङमा गरिने निर्माता दावा गुरुङले जानकारी गराए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *