काठमाडौँ।नेपाली काँग्रेसले पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीका भाइ अरुण बुढाथोकीको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी झापा मेचीनगर निवासी बुढाथोकीको निधनप्रति दुःख व्यक्त गरेका हुन। एकसठ्ठी वर्षीय बुढाथोकीको यही माघ ५ गते झापामा निधन भएको थियो ।
पार्टीका पूर्व क्षेत्रीय प्रतिनिधि रहनुभएका बुढाथोकीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुढाथोकीको निधनप्रति दुःख व्यक्त गरेका छन । सभापति देउवाले स्वर्गीय बुढाथोकीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन।
सम्बन्धित समाचार
१६ फाल्गुन १७:४६
१९ फाल्गुन ०९:०४
१५ फाल्गुन १४:५१
१६ फाल्गुन १०:४३
२० फाल्गुन ११:५०
१४ फाल्गुन १३:०१
१९ फाल्गुन १३:०६
१९ फाल्गुन १६:१८
२० फाल्गुन १७:५३




