मुम्बई । सुपरस्टार अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ले बक्स अफिसमा राम्रो ब्यवसाय गर्न सफलभएको छ ।
डिसेम्बरबाट प्रदर्शनमा आएको यो फिल्म अहिलेसम्म प्रदर्शनरत छ । दर्शक र समीक्षकले अत्याधिक रुचाएको फिल्मलाई राज मेहताले निर्देशन गरेका हुन् ।
फिल्ममा अक्षयका अलावा करीना कपूर खान, दिलजीत दोसान्झ र कियारा आडवाणी प्रमुख भूमिकामा छन् । फिल्म ‘तानाजी’ प्रदर्शनमा आएपछि कमाईमा गिरावट आएको ‘गुड न्यूज’को २४ दिनको कलेक्सन सार्वजनिक भएको छ । फिल्मले प्रदर्शनको २४ दिनमा २ सय करोडको आँकडा सफलतापूर्वक पार गरेको छ । फिल्मलाई ट्रेड एनालिस्टहरुले ‘ब्लकबस्टर’ भनेका छन् ।
फिल्मले सुरुदेखि अन्त्यसम्म भरपूर मनोरञ्जन दिन्छ । यसलाई बक्सअफिसमा अभिनेता सलमान खान स्टारर फिल्म ‘दबंग ३’ को ठूलो चुनौती थियो । किनकि, यो फिल्म रिलिजको एक हप्तामा अक्षयको फिल्म प्रदर्शनमा आएको थियो । तर, ‘दबंग ३’ को ‘वर्ड अफ माउथ’ बलियो नहुँदा त्यसको फाइदा ‘गुड न्यूज’ ले उठायो । अक्षयले फिल्ममा एकदम नेचुरल अभिनय गरेका छन् ।
कमेडी ड्रामा ‘गुड न्यूज’को कहानी दुई कपल (बत्रा भर्सेस बत्रा)को हो । दुवैले बच्चा जन्माउनका लागि आइभिएफको सहारा लिन्छन् । तर, अक्षय करीना र दिलजीत दोसान्झ कियारा आडवाणीबीच निकै ठूलो कन्फ्यूजन हुन्छन् । अस्पतालमा दुवै कपल्सको सरनेम बत्रा भएका कारण स्पर्म मिक्स अप हुन्छ । करीनामा दिलजीतको र कियारामा अक्षयको स्पर्म ट्रान्सफर हुन्छ ।




