मनोरञ्जन

बिवाहका लागि प्रियंकाले दिइन् ब्याचलर पार्टी

काठमाडौ । अभिनेत्री प्रियंका कार्कीले यसै बर्ष बिवाह गर्ने भएकी छन् । अभिनेता आयुष्मान देशराज जोशीसँग प्रेम सम्बन्धमा रहेकी प्रियंकाले दुईपटक इन्गेजमेन्ट समेत गरिसकेकीछन् । तर, विवाहको मिति भने अहिलेसम्म्म टुंगो लागेको छैन । उनीहरु यस वर्षको असारमा विवाह गर्ने सुरसारमा थिए । तर, दुवैतर्फका परिवारको समय नमिलेपछि विवाह हुन सकेन ।

तर, बुधवार आफ्ना केही नजिकका साथीसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेपछि प्रियंकाले यसै वर्ष विवाह गर्न लागेको चर्चा सुरु भएको छ । उनले इन्स्टाग्राम स्टोरीमा आफ्नो ब्याचलर पार्टीका थुप्रै तस्विरहरु पोष्ट गरेकी छन् । उनी ब्याचलर पार्टी मनाउन सहाना बज्राचार्य, सिवांगी प्रधानलगायत आफ्ना केही निकट साथीसँग थाइल्याण्ड प्रस्थान गरेकी हुन् । अभिनेत्री प्रियंकाले इन्स्टाग्राम स्टोरीमा साझेदार गरेका तस्विरहरुमा उनी आफ्ना साथीहरुसँग मस्ती मुडमा देखिएकी छन् ।
थाइल्याण्डमा उनीहरु एक हप्ता बस्नेछन् ।

साथीहरुसँग ब्याचलर पार्टी मनाउँदै गर्दा प्रियंकाको विवाहको मिति नजिकिएको अनुमान गरिएको छ । तर, उनले यस विषयमा मुख खोलेकी छैनन् । स्रोतका अनुसार, यस वर्षको फागुनभित्र प्रियंका र आयुष्मानको विवाह हुनसक्छ । यद्यपि, यस विषयमा दुवैले कुनै जानकारी दिएका छैनन् । आफूभन्दा ५ वर्ष कान्छा आयुष्मानसँग अभिनेत्री प्रियंकाले दोस्रो विवाह गर्न लागेकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *