मनोरञ्जन

गायिका रजनीले भेटाइन् हितको माया

काठमाडौं । नेपाली लोक दोहोरी गीत संगीतको बजार जति फराकिलो बन्दैँ गएको छ । काठेभाकामा आएका नव सिर्जनाको महत्व दिन प्रतिदिन बढ्दो मात्रामा रहेको छ ।

मौलिक लोक सम्भयतालाई आम दर्शक तथा स्रोता माझँमा पुयाउदैँ आएका गायक राजु विरही र गायिका रजनी लामाको आवाजमा सजिएको ‘हितको माया’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

मायालु मन भित्रका जोडीका भावनालाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । आफनी मायालुको मायामा फसेको र मायालुलाई भेटन मनमा निकै आनन्द भएको कुरा गीतमा गरिएको छ ।

राजु विरहीको शब्द तथा संगीत गीतमा रहेको छ । ‘हितको माया’ गीतमा जिवनका सुखद क्षणलाई समेटिएको छ । प्रकाश खड्काको छायाँकन , लक्ष्मण चौहानको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा राजु विरही र रिना थापाको अभिनय रहेको छ ।

https://youtu.be/8gZylDWHubY

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *