मनोरञ्जन

‘म यस्तो गीत गाउँछु २’ गीत: ‘दुखको काँडा’ पन्छ्याउने पूजा र पलको वाचा

काठमाडौं । पूजा शर्मा र पल शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘दुखको काँडा’ बोलको गीतमा पल र पूजा देखिएका छन् । गीतमा यी दुइ बीचको प्रेम महशुस हुन्छ ।

‘द भ्वाइस अफ नेपाल – सिजन २’का फाइनल प्रतिष्पर्धी सनिश श्रेष्ठले गाएको गीतमा अर्जुन पोखरेलको संगीत छ । भने, देवल भण्डारीले गीतको शब्द रचना गरेका हुन् । अर्जुनकै संगीतमा तयार गीत ‘तिम्रो घरको वरिपरी’ चार्टबस्टरमा हिट भैसकेको छ ।

सुदर्शन थापाले निर्देशन गरेको ‘म यस्तो गीत गाउँछु २’मा पूजा र पलसँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकायलगायतका कलाकारको अभिनय छ ।

फिल्मको लागि शिवम अधिकारी र दिनेश न्यौपानेले पटकथा लेखेका छन् । पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेको सिनेमामा सौरभ लामाको छायांकन, सुदर्शन थापाको कथा, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत र बनिश शाहरमिलन श्रेष्ठको सम्पादन छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *