विश्व

दक्षिण कोरियाली उच्च सुरक्षा सल्लाहकार अमेरिका  

एएफपी।दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकार अमेरिकाको भ्रमणमा गएका छन।

उनी मङ्गलबार त्यसतर्फ प्रस्थान गरेकाे दक्षिण कोरियाली समाचार समिति, योन्हापले जनाएको छ ।
उनी अमेरिकापछि जापान पनि जाने कोरियाली अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार सल्लाहकार चुन एइ योङ कोरियाली प्रायद्वीपमा जारी पछिल्लो समयको तनावका विषयमा आवश्यक सल्लाह गर्न अमेरिका र जापान जान लागेका हुन । कोरियाली प्रायद्वीपको पछिल्लो अवस्थाका बारेमा सल्लाहकार चुनले आवश्यक अमेरिका र जापानसँग आवश्यक परामर्श गर्न लागेका हुन ।

दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा निशस्त्रीकरणको माध्यमबाट दिगो शान्ति स्थापनाको समाधान खोजिरहेको छ । तर उत्तर कोरिया र अमेरिकाको पछिल्लो वार्तापछि पनि त्यहाँ शान्ति स्थापनाको काम हुन भने सकिरहेको छैन ।

उनले बुधबार अमेरिकी राष्ट्रपतिको कार्यालय रोबर्ट ओ बरिनसँग कोरियाली प्रायद्वीपको बारेमा आवश्यक सरसल्लाह गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *