मनोरञ्जन

विपिन अभिनित ‘सेल्फी किङ’को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौं । विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । पोस्टर र टीजरको चर्चामा पछि फिल्मको ट्रेलर ल्याइएको हो ।

राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा ‘सेल्फी किङ’ पत्रको जीवनक आउने उतार चढावको देखाइएको छ । जोकर हुलियामा प्रस्तुत भएका विपिनले फिल्मको ट्रेलरमा बोलेका संवादहरु घतलाग्दा छन् ।

फिल्ममा उनको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् । त्यस्तै, भुवन चन्द विपिनकी आमाको भूमिकामा छिन् ।

आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको निर्देशक विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनले पहिलो पटक फिल्म निर्देशनमा हात हालेका हुन् ।

दिनेश राउत र सुवास थापाले फिल्मको निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । प्रवल कोइराला र राजेश बिसुराल फिल्मका सह निर्माता हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *