मनोरञ्जन

बसन्तको नयाँ गीत ‘उकाली’ सार्बजनिक

काठमाडौं । गायक बसन्त थापाको लोकपप गीत ‘उकाली ’ सार्बजनिक भएको छ । सम्भोज मल्लको शब्द, संगीत रहेको गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।

भिडियोमा मोडल सुनिल क्षत्री, बसन्त थापा, दिनेश, प्रलाद र ऐश्वर्य सुनुवारको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफर सुनिल क्षत्रीले गरेका हुन् ।

गायक थापाकै निर्देशन रहेको भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन्, भने सम्पादन अमृत चापागाईको रहेको छ ।

पछिल्लो समयमा बसन्त थापाको ‘उही खोलीमा पानी‘’ , ‘सालको पात‘.’, ‘लोभी आँखा’, ‘बोकेझार’ जस्ता निकै गीतहरु सबैको मन मुटुमा बस्न सफल छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *