मुम्बई । हरेक बर्ष आम्दानीको हिसावले फिल्मका लागि बलिउड राम्रो मानिन्छ । त्यसैले बक्स अफिसमा हरेक बर्ष फिल्मको प्रगती देख्न पाइन्छ । बर्ष २०१९ मा पनि बलिउडमा कयौ ठुला फिल्म रिलिज भए । कमाइका हिसावले ति फिल्म मध्य केहीले नयाँ रेकर्ड समेत बनाउन सफल मानिए । बर्ष २०१९मा रिलिज भएका बलिउडमा पाँच ब्लकबस्टर फिल्म । जसले हल्लायो बक्स अफिस
उरी ः

देशभक्तिले ओतप्रोत फिल्म उरीले अभिनेता विक्की कौशलको करियरलाई रकेटको रफ्तार दिलाएको छ । भारतीय सेनाले पाकिस्तानमा सर्जिकल स्ट्राइक गरेर उरीमा गरेको आतंक हमलाको बदला लिएको बिषयमा फिल्म बनेको थियो । फिल्मले २४४ करोड आम्दानी गर्न सफल भयो ।
वार ः

टाइगर श्राप र ऋतिक रोशन अभिनित वार यस बर्षको सबैभन्दा हंगामा गर्ने फिल्म साबित भयो । फिल्मले बक्सअफिसमा सफलताको नयाँ रेकर्ड समेत बनाएको छ । फिल्मले बर्षको सबैभन्दा बढी आम्दानी गर्ने फिल्मको रेकर्ड कायम गर्नुको साथै आमिर खानको ठग्स अफ हिन्दुस्तानले बनाएको सबैभन्दा बढी ओपनिङ फिल्मको रकेर्ड समेत तोडेको छ । फिल्मले ओपनिङ ब्यवसायनै ५०.६१ करोड गर्न सफल भएको थियो । यसको कुल आम्दान २९२.७१ करोड रहेको छ ।
हाउसफुल ४ ः

बलिउडका हिट फिल्म ‘हाउसफुल’को चौथो सिक्वेलको रुपमा यो फिल्म निर्माण भएको हो । अक्षय कुमार, कृति सनोन, रितश देशमुख, कृति खरबंदा, बबी देओल लगायतको अभिनय रहेको फिल्म दर्शकलाई भरपुर मनोरन्ज दिन सफल मानिएको छ । फिल्मले बक्सअफिसमा २०५.४९ करोडको आम्दानी गरेको छ ।
कबीर सिंह ः

शाहिद कपुर र कियारा आडवाणी अभिनित कबीर सिंह क्रिटिक्सबाट आलोचित फिल्म हो । तर पनि बक्स अफिसमा फिल्मले धमाल मच्चाएको छ । तेलुगु हिट फिल्म अर्जुन डेड्डीको रिमेक यो फिल्मले बक्स अफिसमा ओपनिङ ब्यवसायनै २० करोड माथी गरेको थियो । फिल्मले २७६.३४ करोड कमाउन सफल मानिन्छ ।
भारत ः

सलमान खान र कट्रीना कैफ अभिनित भारतले आम्दानीको मावालमा २०० करोड छुन सकेन । तर पनि यो फिल्म बर्षको सबैभन्दा बढी कमाउ फिल्मको सुचिमा पर्न सफल छ । फिल्मले बक्सअफिसमा १९७.३४ करोड आम्दानी गरेको छ ।




