मनोरञ्जन

सुरज शब्दमा मेलिनाको स्वरमा आयो ‘जबसम्म सास छ’

काठमाडौं । सञ्चारकर्मी सुरज पौडेलको नयाँ गजल गीत बजारमा आएको छ । पौडेलको शब्द रहेको ‘जबसम्म सास छ’ बोलको गजललाई अर्का सञ्चारकर्मी दिपकराज विश्वकर्माले सांगीतिक स्वरुप दिएका हुन् ।

विश्वकर्माको एरेन्ज तथा संगीत रहेको गजलमा अहिलेकी व्यस्त तथा चर्चित गायिका मेलिना राई र बुद्ध मोक्तानको स्वर रहेको छ । सार्वजनिक भएको केही समयमा नै युट्युबमा दर्शकहरुको राम्रो माया बटुल्दै गरेको यो गजललाई रेडियोमा पहिलोपटक सिनर्जी एफएमबाट सार्वजनिक गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *