मनोरञ्जन

‘लप्पन छप्पन २’ मा आना

काठमाडौं । फिल्म ‘लप्पन छप्पन २’मा आना ढकालले डेब्यु गर्दैछिन् । बिगत तीन बर्ष देखि अष्ट्रेलिया बस्दै आएकी आना ढकालले नेपाली फिल्म ‘लप्पन छप्पन २’ बाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । उनी कार्यक्रम प्रस्तोता तथा गायिका पनि हुन् ।

चितवनमा जन्मिएकी ढकालले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । अष्ट्रेलियामा हुने विविध कार्यक्रमहरुको प्रस्तोताका रुपमा पनि उनले थुप्रै कार्यक्रम सञ्चालन गरिसकेकी छन् । अन्य क्षेत्र जस्तै अभिनयमा पनि सफलता मिल्ने उनले आस गरेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *