काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिमा जंगबहादुर लामा विजयी भएका छन् ।
आइतबार राती सम्पन्न अन्तिम मतपरिणामअनुसार तामाङ ६४ मतान्तरले विजयी भएका हुन् । परिणामअनुसार जंगबहादुर लामाले ९१२ र प्रतिस्पर्धी बंशलाल तामाङले ८४८ मत पाएका छन् ।
यसअघि शनिबार भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुईजनाका बिचमा आइतबार फेरी चुनाव भएको हो ।




