मुख्य समाचार

प्रधानमन्त्रीले किन बोलाएर आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सबैमन्त्रीहरुलाई विहानै खबर गरेर आज १२लाई मन्त्रीपरिषद बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।  मन्त्रिपरिषद पुर्नगठन लगायतका विषयहरु चर्चामा आइरहेका बेला विहानै मन्त्रिपरिषद बैठक आह्वान गरिएको हो । प्रधानमन्त्री ओलीले मन्त्रिहरुलाई बैठकको एजेण्डाबारे केही खुलाएको छैन ।

मन्त्रिपरिषद पुर्नगठनको विषयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डसँग केहि दिनदेखि निरन्तर छलफल गरिरहेका छन । तर पार्टीका दुई प्रमुख नेताबीच सो विषयमा सहमति जुट्न नसकेको नेताहरुको भनाइ छ । ‘प्रधानमन्त्री ओलीले छिट्टै मन्त्रिमण्डल पुनर्गठन गर्नेगरी तयारी तीव्र पार्नुभएको छ’, ओलीनिकट एक स्थायी समिति सदस्यले भने ।

अर्थ र सञ्चारलगायत महत्वपूर्ण मन्त्रालयहरु खाली रहेको र पुनर्गठनको विषय केहि समयदेखि लम्बिँदै गएका कारण यसलाई थप नतन्काउने पक्षमा प्रधानमन्त्री रहेको ती नेताको भनाइ छ । अर्का एक नेताका अनुसार वामदेव गौतमको नियुक्तिविरुद्ध अदालतमा परेको मुद्दा नटुङ्गिदै मन्त्रिमण्डल पुनर्गठन गर्न प्रधानमन्त्रीले जोड गरेको देखिन्छ ।

‘वामदेवजीको प्रकरण अदालतबाट नटुंगिँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी देखिन्छ,’ ती नेताले भने ‘पछिल्लो पटक प्रचण्डले सञ्चार मन्त्रालयमा दावी गरेपछि पनि पुर्नुगठन लम्बिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *