मुख्य समाचार

स्वास्थ्य तथा जनसंख्यामन्त्री कन्ट्रयाक्ट ट्रेसिङमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल कन्ट्रयाक्ट ट्रेसिङमा परेकाले होम क्वारेन्टाइनमा बसेका छन् । शनिबार बिहान मात्र उनकी ठूली दिदीलाई कारोना पोजेटिभको नतिजा आएकाले मन्त्री ढकाल कन्ट्रयाक्ट ट्रेसिङमा परेको उनका निजी सहयोगी खेम कार्कीले जानकारी दिएका हुन् । तर, मन्त्री ढकाल कन्ट्रयाक्ट ट्रेसिङमा परेकाले कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी निजी सहयोगी कार्कीले आयोजकलाई उपलब्ध गराएका छन् ।

मन्त्री ढकाल क्न्ट्रयाक्ट ट्रेसिङमा परेको यो पहिलो घटना होइन । यसअघि दुई पटक मन्त्री ढकाल कन्ट्रयाक्ट ट्रेसिङमा परिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *