कैलाली । धनगढी उपमहानगरपालिका–१४ फूलबारी गाउँका एक व्यक्तिको आज प्रहरी हिरासतमा मृत्यु भएको छ । मृतकको घाँटीमा गहिरो चोट रहेको र घटनास्थलमा ब्लेड फेला परेको बताइएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय अम्मरबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
मदिरा सेवन गरी गाउँघरका स्थानीयवासीलाई मार्छु र आफू पनि मर्छु भनेर तर्साउँदै आएका चन्दले आफन्तलाई पनि दुःख दिएपछि आज बिहान ३ः०० बजे वडा नं १९ मा रहेको सीमा प्रहरी चौकी बहुलिया प्रहरीले उनलाई नियन्त्रणमा लिई हिरासतमा राखेको थियाे । चन्द शौचालय गएको अवस्थामा त्यही मृत फेला परेको प्रहरी नायब उपरीक्षक विष्टले बताए।
उनको शव अहिले परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।




