विश्व

इटालीमा अंग्रेजी भाषामा प्रतिबन्ध लगाइदै

काठमाडौँ । इटालीमा आधिकारिक कामका लागि अंग्रेजी भाषा प्रतिबन्धित हुने भएको छ ।

प्रधानमन्त्री जर्जिया मेलोनीको पार्टी ‘ब्रदर्स अफ इटाली पार्टी’ ले संसदमा अंग्रेजीलगायत सबै विदेशी भाषाविरुद्धको विधेयक पेश गरेको छ । यो विधेयक पारित भएमा यसको उल्लंघन गरेमा १ लाख युरोसम्म जरिवाना गर्न सकिने प्रस्ताव गरिएको छ ।

सीएनएनका अनुसार विदेशी भाषाहरूमा प्रतिबन्ध लगाउने कानुन राजनीतिज्ञ फाबियो रामपेलीले इटालीको चेम्बर अफ डेपुटीज (तल्लो सदन) मा पेश गरेका थिए। अब यो विधेयकमाथि छलफल हुनेछ, त्यसपछि मतदान हुनेछ । बिल पेश हुनुभन्दा एक दिन अघि इटालीमा च्याटजिपिटीलाई पनि अस्थायी रूपमा प्रतिबन्ध लगाइएको थियो । सरकारले डाटा प्राइभेसीलाई उद्धृत गर्दै लोकप्रिय एआई च्याटबटमाथि प्रतिबन्ध लगाएको थियो ।

यसका साथै देशमा कार्यरत सबै कम्पनीले आधिकारिक काममा अंग्रेजी भाषा प्रयोग गर्न पाउने छैनन् । मस्यौदाको दफा २ बमोजिम देशका सार्वजनिक स्थानमा कुनै पनि वस्तु वा सेवाको विज्ञापनमा अंग्रेजी भाषा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *