काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नामिबियाले नेपालसामु २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ पाएको नामिवियाले ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनाएको थियो ।
नामिवियाको उत्कृष्ट प्रर्दशनमा जनले अर्धसतकीय योगदान गरेका छन् ।
ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए । पीकीं या फ्रान्सले ४९ रन बनाए ।
लोहार्ड लौरेन्स ४१ तथा माइकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रनको योगदान गरेका थिए । कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५–१५ रनको योगदान गरे ।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिँदा विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् ।
सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३२ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।




