ताजा समाचार

मैतीदेवीको प्रहरी विटमा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएको छ । आज (मंगलबार) मध्यान्ह नगर प्रहरीको टोलीले पुगेको जोजरले प्रहरी विट भत्काएको हो ।

मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो । प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *