समाचार

तुलसीपुर उपमहानगरपालिका– बुबाको निधनपछि छोरालाई वडाध्यक्षको टिकट

काठमाडौं । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका–१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् ।

एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको छ ।

उनले आज मनोनयन दर्ता गराएका हुन । लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन ३ जेठमा गर्ने जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *