समाचार

सर्लाहीमा कार दुर्घटना भारतीय नागरीकको मृत्यु, पाँच जना घाइते 

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१७ स्थित कालिनजोर पुलमा बुधबार राति कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार पाँच जना घाइते भएका छन् । 

मृत्यु हुनेमा भारतीय नागरीक २२ वर्षीय नबिन यादव रहेका छन् । गम्भीर घाइते भएका यादवको उपचारको क्रममा स्थानीय गढीमाई अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २५ वर्षीय भारतीय नागरीक अजित यादवको अवस्था गम्भीर रहेको छ । 

६ जना सवार भारतीय नम्बरको कार गएराती पौने १० बजे अनियन्त्रित भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *