मुख्य समाचार

एमालेले बनायो निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड

काठमाडौं। नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाएको छ। सोमबार बसेको स्थायी कमिटीमा उम्मेदवार छनोटको अधिकारबारे स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्दै मापदण्ड बनाएको हो ।

उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको हकमा कामको मूल्यांकन हुनेछ ।

यस्तै कार्य क्षमता, विकास र सुशासनप्रति दृष्टिकोण, लोकप्रियता र चुनावमा जित्ने आधार, पार्टीको आन्दोलनमा पुर्‍याएको योगदान र पार्टीप्रति निष्ठाका साथै सन्तुलन र समवेशीलाई उम्मेदवार छनोटको मापदण्ड बनाइएको छ ।

एमालेमा वडा सदस्य र वडाध्यक्षहरुको उम्मेदवार वडा कमिटीले सिफारिस गर्नेछ भने जिल्ला कमिटीले निर्णय गर्नेछ । पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका कमिटीको सुझावमा जिल्लाले सिफारिस गर्नेछ भने प्रदेश कमिटीले निर्णय गर्नेछ ।

महानगरका मेयर र उपमेयरका उम्मेदवारबारे निर्णय प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *