समाचार

भौतिक रुपमा विद्यालय खोल्नेबारे सरोकारवालासँग छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक रुपमा विद्यालय खोल्ने विषयमा सरोकारवालासँग छलफल गरिरहेका छन् ।

कोरोनाभाइरस संक्रमणको तेस्रो लहरसँगै बन्द रहेका शिक्षण संस्था खोल्ने विषयमा अहिले सरोकारवालाबीच प्रधानमन्त्रीले छलफल गरिरहेका हुन् ।

प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा विद्यालय खोल्ने विषयमा छलफल भइरहेको हो । स्थानीय तहले भौतिक रुपमा विद्यालय खोल्ने निर्णय गर्न थालेपछि दबाबमा परेको सरकारले यसबारे छलफल थालेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *