ताजा समाचार

गंगालालकाे उदाहरणिय काम,विरामीकाे कुरूवालाइ सुविधा सम्पन्न घर निर्माण

काठमाण्डाैं। शहिद दिवसकाे दिनमा गंगालाल अस्पतालले गजबकाे काम गरेकाे छ। हरेक बर्ष झैं यस वर्ष पनि शहिदर दिवस मनाइरहदा वासवारीमा रहेकाे शहिद गंगालाल अस्पतालले विरामीकाे कुरूवाकाे लागि भनेर अलग स्थान निर्माण गरेकाे छ।

शहिद गंगालाल अस्पताल राजधानीमा रहेकाे मुटुकाे उपचार गर्ने उदाहरणिय अस्पतालमा पर्दछ। सरकारी अस्पताल भएर पनि यसकाे सेवा र सुविधा राम्राे भएकाे भेनर प्रशंशा भइरहदा कुरूवाकाे लागि अलग स्थान वनाएकाे खवर स्वयम अस्पतालले सार्वजनिक गरेकाे छ ।

नेपालका प्राय सरकारी अस्पतालमा विरामीकाे लागि उपचार गर्ने अस्पताल भए पनि कुरूवाकाे लागि भने वस्ने सामान्य स्थान समेत नहुदा उनीहरूकाे दिन र रात दुखकाे साथ वित्ने गर्दछ।तर,गंगालालले नया विरामी कुरूवा घर निर्माण गरेर अन्य अस्पताललाइ पनि वाटाे देखाइदिएकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *