कर्णाली प्रदेश

आज कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजे बोलाइएको प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको २८औँ दिनमा विश्वासको मत लिन लागेका हुन् ।

काँग्रेस संसदीय दलका नेता शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *