काठमाडौं । नेकपा एमालेको नयाँ केन्द्रीय कमिटीको सूची तयार भएको छ । एमाले नेता विष्णु पौडेलले प्रस्तावित केन्द्रीय नेताहरूको सूची प्रिन्ट गरेर अध्यक्ष ओलीलाई रुजुका लागि बुझाई सकेका छन् ।
एमाले अध्यक्ष ओली लगायतका नेताहरूले सौराहास्थित पार्क सफारी होटलमा बसेर केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको सूची तयार पारेका हुन् । सूची तयार पारेपछि होटलबाट तल ओर्लिएर १० पृष्ठ प्रिन्ट गरेर पौडेल तलामाथि चढेका हुन् ।
पार्क सफारी होटलमा केन्द्रीय पदाधिकारी र सदस्यहरूको नामावली तयार पार्न ओली, शंकर पोखरेल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरूको टोलीले गृहकार्य गरेका थिए ।
यस्तै केही केन्द्रीय सदस्यका दाबेदारहरुलाई बेग्लाबेग्लै बोलाएर अध्यक्ष ओलीले छलफल गर्दै पठाएका थिए । ३०१ सदस्यीय केन्द्रीय कमिटीमा क–कसको नाम प्रस्ताव गरिएको छ भन्ने खुल्न बाक्ीछ । यो सूची अध्यक्षका तर्फबाट बन्दसत्रमा प्रस्तुत गरिने तयारी छ ।




