नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेशकुमार महत विजयी भएका छन् ।केहीवेर अघि सम्पन्न मतगणनामा महतले आफुना प्रतिस्पर्धी डा. केदारनरसिंह केसीलाई २२ मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।
कूल एकहजार ७ सय ६८ मतदातामध्ये एक हजार ७ सय ४७ मत खसेको थियो । विजयी भएका महत नेपाली कांग्रेस नुवाकोटका महासमिति सदस्य तथा नेपाली कांग्रेस नुवाकोटका युवा नेता हुन् । उनलाई नेपाली कांग्रेसका नेताहरु डा.रामशरण महत, डा. प्रकाशशरण महत तथा संघिय सांसद बहादुरसिंह लामाको सात पाएका थिए ।
सभापतिका अर्काे उम्मेद्धवार केसीलाई जगदीश्वर नरसिंह केसीको साथ पाएका थिए ।




