काठमाडौं । कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काका छोराले कांग्रेस महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् । दाङ १ बाट खड्काका छोरा अनुराग खड्काले २१ जना प्रतिस्पर्धीमा ४९७ मत प्राप्त गरेका हुन् ।
क्षेत्रबाट जित्ने प्रतिनिधिमध्ये २८ वर्षका खड्का सबैभन्दा कम उमेरका हुन् । बाबुको निधनपछि खड्काले कांग्रेसको राजनीतिमा आउने तयारी गरेका थिए ।
सबैभन्दा बढी मत पाउनुलाई खड्काले बाबुको लोकप्रियता भएको बताएका छन् । जिल्लाका नेता कार्यकर्तासँगको सल्लाहपछि आफू केन्द्रीय राजनीतिमासमेत लाग्न सक्ने प्रतिक्रिया उनले दिएका छन् ।




