ताजा समाचार

एकादशी बजार भर्न हिँडेकाे जीप दुर्घटना

ओखलढुंगा।एकादशी बजार भर्न ककनी बजार जाँदै गरेको बोलेरो जीप सुनकोशी गाउँपालिकामा दुर्घटनामा परेको छ । ओखलढु‌ंगाबाट ककनी बजार जाँदै गरेको बोलेर साेमबार बिहान जौबारी सडकबाट करिब सय मिटर तल खोल्सामा खसेकाे वडा अध्यक्ष झनक कार्कीले पुष्टि गरे ।

दुर्घटनामा परी केही यात्रुकाे हताहती भएकाे प्रारम्भिक जानकारी प्राप्त भए पनि यकीन विवरण आइसकेकाे छैन । बोलेरोमा कति सवारी थिए भन्ने बारेमा औपचारिक पुष्टि हुन बाँकी छ ।

प्रहरी चौकी कोषहाटकाे टोली घटनास्थल पुगेको छ । दुर्घटनामा परेकाको उद्धार कार्य जारी रहेको वडाअध्यक्ष कार्कीले जानकारी दिए ।

दुर्घटनामा परेको गाडी सुनकोशी गाउँपालिका वडा नम्बर ८ का सुमन बोगटीको रहेको स्थानीयले बताएका छन् । सिद्धिचरण नगरपालिका-१० रुप्सेका स्थानीय चम्पादेवी ककनीको दर्शन गर्न सोमबार बिहानै हिँडेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *