काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज सोमवार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि बोर्डले अहिले बिहान १० बजे बैठक बोलाएको छ ।
कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट सञ्चालन भएको थियो ।
विद्यालयले जथाभावी प्राप्तांक पठाएपछि समस्या बोर्डलाई नतिजा प्रकाशित गर्न समस्या परेको थियो ।
कार्यविधिमा तोकिए जसरी परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा समयमा नतिजा सार्वजनिक गर्न नसकिएको बोर्डले बताउँदै आएको थियो ।




