काठमाडौं । यो वर्ष हिउँदे वर्षा एक पटकपनि भएको छैन । माघ आधा कटिसक्दा पनि जाडो घट्नेभन्दा दिनानुदिन न्यूनतम तापक्रम घटिरहेको छ । बेलैमा वर्षा नहुँदा चिसो अझै कम नभएको मौसमविद् बताउँछन् ।
यो वर्ष हिउँदे वषाको सम्भावना कम रहेको मौसमविद्ले मीनकुमार आर्याल बताउँछन् । अर्यालका अनुसार देशका अधिकांश भेगमा दिन सफा भएर घाम लागेपनि वायुमण्डलमा प्रदूषण थुप्रिँदा सूर्यका किरण पर्याप्त मात्रामा पृथ्वीमा पर्न पाएको छैन । यसले गर्दा जमिन तात्न नपाएको र चिसो बढेको हो ।
हाल देशका कुनै सक्रिय वायु प्रणााली छैन । हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसले वर्षा भने नगराउने मौसम विद् अर्यालले बताए ।
देशको केही पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ । तराईका भु-भागमा बाक्लो हुस्सुरकुहिरो लागेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश न.१, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज काठमाण्डौको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ।




