काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा अझै पनि कुन कित्तामा जानेका भन्ने अन्यौलमै देखिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि स्पष्ट दुई कित्तामा बाडिएको नेकपामा केही नेताहरु कुन पक्ष रोज्ने भन्नेमै अलमल छन् । पूर्वमाओवादीका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रचण्ड माधव पक्ष छोडेर ओली पक्षमा गइसकेका छन् । संंसद् विघटन भएको ७ दिनबितिसक्दा पनि पूर्व एमालेका बरिष्ठ नेता बामदव गौतमले नेकपाका दुई कित्ता रोज्न सकेका छैनन् ।
त्यस्तै बुधबारमात्र प्रधानमन्त्रीको कदम असंबैधानिक भनेका सभामुख सापकोटा पनि हिजो नयाँ मन्त्रीको सपथमा उपस्थित भएपछि उनी कुन पक्षका हुन् भनेर नेकपाकै नेता कार्यकर्ताले छुट्याउन सकेका छैनन् ।
विहीबारको एक सम्वोधनमा प्रधानमन्त्रीले प्रतिनिधिसभाका सभामुख सापकोटालाई ‘कानून नजानेका, किर्ते सभामुख’को संज्ञा दिएका थिए । तर शुक्रबारै उनैले विस्तार गरेको मन्त्रिपरिषद्का मन्त्रीहरूको सपथमा सभामुखलाई निम्ता दिएका छन् । यतिमात्र होइन सभामुख उपस्थित भइ नयाँ मन्त्रीको सपथको साक्षी समेत बनेका छन् ।
संवैधानिक परिषदको बैठकमा सभामुख अनुपस्थित भएपछि रिसाएका प्रधानमन्त्रीले त्यसकै झोँकमा संबैधानिक परिषद् सम्बन्धी अध्यादेश नै जारी गरे । सभामुखको उछितो काटे तर तिनै सभामुखसँग शुक्रबार भने सामन्य अवस्थामा झै सन्चोविसन्चो सोधी खोजी गरेका थिए ।
असंबैधानिक कदम उठाएका प्रधानमन्त्रीले गरेको मन्त्रीपरिषद् विस्तारमा किन गए सापकोटा ? यतिबेला प्रश्न उठेको छ । के उनले प्रचण्ड माधव पक्ष छोडेर ओली कित्ता रोजेका हुन् ?
प्रधानमन्त्री ओलीले विस्तार गरेको नयाँ मन्त्रिपरिषद्मा पूर्व माओवादीबाट धेरै मन्त्री बनाइनु, नेकपा विभाजनपछि प्रचण्ड-माधव पक्षमा रहेका प्रभु शाहलाई समेत मन्त्री पदको ललिपप दिएर फकाउनुले ओलीको आशय स्पष्ट हुन्छः फुटाउ र शासन गर




