समाचार

यस्तो बन्दै छ फास्ट ट्र्याक(फोटो फिचर)

काठमाडौँ। सरकारको महत्त्वाकांक्षी आयोजना काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को हालसम्म ११.११ प्रतिशत काम सम्पन्न भएको छ।

छैटौं चरणमा निर्माण कार्य चलिरहेको द्रुतमार्गमा हालसम्म १६ अर्ब ६६ करोड रूपैयाँ खर्च भइसकेको छ। द्रूतमार्गको कूल बजेट १ खर्ब ७५ अर्ब रूपैयाँ रहेको छ।

“हाल सम्म यस आयोजनाको वार्षिक प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र वित्तीयतर्फ ४२.८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिकतर्फ ११.११ प्रतिशत रहेको छ भने वित्तीयतर्फ ९.५२ प्रतिशत रहेको छ,” निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले सार्वजनिक गरेको द्रुतमार्गको प्रगति विवरणमा उल्लेख छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *