काठमाडौं । आइतबार आकस्मिक बसेको मन्त्रिपरिषद बैठकले कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ। भण्डारी नार्कको निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए ।
बैठकले इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता गर्ने अख्तियारी दिएको छ ।




