काठमाडौं । लामो रस्साकस्सीपछि सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
बर्दियाबाट नेपाली कांग्रेसका नेता सञ्जय गौतमसँग पराजित भएका गौतमलाई विज्ञ समूहको कोटामा राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सिफारिस गरिएको हो ।




