ताजा समाचार

निषेषाज्ञाबारे निर्णय हुन सकेन, बुधबार पुन बैठक बस्ने

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने वा हटाउने भन्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठक निष्कर्ष विहिन भएको छ । भक्तपुरका प्रमुुख जिल्ला अधिकारीको ढिलो उपस्थिति भएको र निषेधाज्ञा मोडालिटीबारे आवश्यक छलफल हुन बाँकी रहेकाले निष्कर्षविहिन बनेको हो ।

निषेधाज्ञा पूर्ण रुपमा नटाइए पनि केही सहज बनाउने गरी अघि बढ्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । ‘सिधै निषेधाज्ञा हट्दैन, संक्रमण फैलँदो अवस्थामा छ, त्यसकारण आम नागरिकलाई सहज हुनेगरी निर्णय हुन्छ,’ उनले भने । निषेधाज्ञाको मोडालिटीमा केही छलफल भएपनि सम्बन्धित निकाय र व्यक्तिसँग छलफल नभएका कारण आज निर्णय हुन नसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेले जानकारी दिए । उनले यसबारेमा बुधबार छलफल हुने बताए ।

‘आज सुरक्षाको विषयमा केही छलफल भयो, बाहिरी अवस्था र निषेधाज्ञाको बारेमा पनि समिक्षा भयो, बाँकी निर्णय भोली हुन्छ,’ उनले भने । बैठकमा ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरीको उपस्थिति रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *