काठमाडौं।नेपाल महिला संघ संखुवासभाले संघको ७३ औं स्थापना दिवसको अवसरमा शिलिचोङ्ग गाउँपालिका पहिरो पीडितलाई १५ हजार ५ सय सहयोग उपलब्ध गराएको छ ।
नेपाल महिला संघकी जिल्ला सभापति निरु तामाङ वस्नेतको सभापतित्वमा भएको खाँदवारी स्थित नेपाली काँग्रेस पार्टी कार्यलयमा भएको कार्यक्रममा पहिरो पिडितलाई सहयोग रकम प्रदान गरिएको हो । दिवसको अवसरमा नेपाल महिला संघका संस्थापक सभापति स्वर्गीय मंगलादेबी संहको फोटोमा माल्यापर्ण गर्दै सिंहले पुर्याएको योग्दानको चर्चा गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति निरु तामाङ बस्नेतले बिपत्तिले आहत बनेका पीडितको पीडामा मल्हम लगाउन सहयोग जुटाएको वताइन । कार्यक्रममा काँग्रेस जिल्ला सभापति दिपनकुमार श्रेष्ठले महिलाहरुको नेतृत्व क्षमता विकास र शसक्तिकरण आवश्यक भएकोप्रति जोड दिदै नेपाली राजनितिमा महिलाहरुले पु¥याएको योगदान र त्यागको इतिहासले नै अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । सभापति श्रेष्ठले शिलिचोङको पहिरोमा परि वेपत्ताको परिवारलाई सहयोग जुटाउन नेपाली कांग्रेस लागिपरेको जानकारी दिए ।




