काठमाडौं। शनिबार १०९ जना कोरोना संक्रमित थपिएका छन । नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । विगत २४ घण्टामा १०६ जना कोरोनाभाइरसमुक्त एका छन्। हालसम्म १३ हजार ४३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
अहिले क्वारेन्टिनमा १८ हजार एक सय ८३ जना छन् । आइसोलेसनमा पाँच हजार तीन सय ८५ जना छन्। २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७५ वटा परीक्षण भएको जनाइएकाे छ ।
आज बाराकी १७ वर्षीय युवतीको कोरोनाका कारण निधन भएसंगै मृतकको संख्या ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भोजपुर, पाँचथर, संखुवासभा, रसुवा,मनाङ, मुस्ताङ,. गरी ६ जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । महोत्तरी, कैलाली र बाजुरमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।




