ताजा समाचार

काठमाडौँमा खानेपानी मिटरको अङ्क ग्राहक आफैँले टिपाउन सक्ने 

काठमाडौँ ।  काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले कोभिड-१९ को जोखमलाई न्यूनीकरण गर्न कम्पनीका ग्राहकलाई आफैँले खानेपानी धाराको मिटरको अङ्क अनलाइनमार्फत टिपाउन सकिने व्यवस्था गरेको छ । ग्राहकले टिपाएको अङ्क मिटर रिडरबाट छड्के निरीक्षण (क्रस चेक) हुने पनि लिमिटेडले जनाएको छ ।

ग्राहक आफैँले कम्पनीको वेबसाइट काठमाडौँ वाटर डट वोआरजीमार्फत अङ्क टिपाउन सक्ने लिमिटेडले सूचनामार्फत जनाएको छ । कम्पनीका ग्राहकले वेबसाइटमा खोली सेल्फ मिटर रिडिङमा क्लिक गरी चढेको अङ्क देखिने गरी खिचिएको मिटरको फोटो अपलोड गर्न सकिने जनाइएको छ । कम्पनीका कर्मचारी र ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखी यस्तो व्यवस्था गरिएको लिमिटेडले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *