उदयपुर।पछिल्लो पटक खुलेको उदयपुर कोभिड – १९ अस्पताल बेलटार बाट १५ जनाले कोरोना भाईरस जिति घर फर्किएका छन ।
पहिलो पटक उदयपुर कोभिड १९ अस्पताल बेलटारबाट कोरोना परास्त गर्नेमा ७ महिला र ८ पुरुष रहेका छन ।जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका अनुसार कटारी नगरपालिका का १९ र २१ बर्षिय पुरुष , १० र १२ बर्षिय किशोरी , त्रियुगा नगरपालिका का ४० , ३५ , २६ , ३० र २३ बर्षिय पुरुष ५० , ३७ , ३० , ३० बर्षिय महिला र ताप्लि गाऊपालिका का ३५ बर्षिय पुरुष र लिम्चुबुङकि ३८ बर्षिय महिला रहेका छन । असार १३ गते उपचारका लागि भर्ना भएका सबै १६ दिनको उपचार पछि घर फर्किएका हुन ।
त्यस अस्पतालमा ८ जना उपचाररत रहेको र सबैको अवस्था सामान्य रहेको छ । भारतबाट फर्कियर त्रियुगा जनता क्याम्पस मोतिगडा क्याम्पसमा १४ दिन क्वारेन्टाइन उपचारको क्रममा १७ दिन बाबुआमा संगै रहेकि बालिका भने नेगेटिभ देखिएको छ ।
बाबुमा असार ७ गते र आमामा १३ गते पोजेटिभ संक्रमण देखिए पनि क्वारेटाइन र अाइसुलेसनमा संगै रहेकि ३ बर्षिय बालिकामा भने ३ पटक सम्म स्वाब परिक्षण हुदा समेत नेगेटिभ देखिएको स्वास्थ्य प्रमुख मोहन सुबेदीले जानकारी दिए ।





