इनरुवा। सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुस रकमसहित आज पक्राउ परेका छन् । लेखा अधिकृत पोखरेललाई रु ६५ हजार घुस लिएको अभियोगमा थलोमै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।
इटहरी –६ घर भएका लेखा अधिकृत पोखरेलले लामो समयदेखि सेवाग्राहीसँग कमिसन लिने गरेको सूचनाका आधारमा आयोगले पोखरेलमाथि निगरानी गर्दै आएको थियो ।
उनलाई इटहरी –६ स्थित बिपी चोकस्थित समिप होेटलमा सेवाग्राहीसँग रकम लिँदै गरेको आरोपमा पक्राउ गरिएको आयोग इटहरीले जनाएको छ ।
सम्बन्धित समाचार
८ बैशाख १३:२९
३ बैशाख १२:४०
६ बैशाख ११:१०
३ बैशाख ०६:०३
७ बैशाख ०६:५५
४ बैशाख ११:३०




