खेलकुद

बार्सिलोनाको उपाधि रक्षा गर्ने सम्भावना कायमै

 

एजेन्सी । घरेलु मैदानमा स्प्यानियोललाई पराजित गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधी रक्षा गर्ने सम्भावना कायमै रहेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले स्प्यानियोललाई १ ० गोलले हरायो । बार्सिलोनाको जितले शीर्ष स्थानमा रहेको रियल मड्रिडमाथि दबाब परेको छ ।

बार्सिलोनाका लागि लुईस सुआरेजले खेलको ५६औँ मिनेटमा विजयी गोल गरेका थिए । जितपछि उसले ३ अंक जोडेको छ । दुवै टिमका एक एक जनाले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सिमित बनेको थियो । खेलको ५०औं मिनेटमा बार्सिलोनाका अंशु फातीले तथा ५३औा मिनेटमा स्प्योनियोलका लाजानोले रातो कार्ड पाएका थिए । स्पेनिस लिगमा बार्सिलोना ७६ अंकका साथ शीर्ष स्थानमा उक्लेको छ । चौबीस अंक बनाएको स्प्यानियोल तालिकाको अन्तिम स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *