काठमाडौँ । नेपालका चार जिल्ला अहिले कोरोना भाइरस मुक्त छन् । तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा कोरोना संक्रमित छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अन्ुसार यि चारवटै जिल्लामा यसअघि कोरोना संक्रमित रहे पनि मंगलबारसम्म उनीहरु निको भएर घर फर्किसकेका छन् । यसअघि देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित फेला परेका थिए । प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्लाका कोरोना संक्रमित निको भएर घर फर्केका प्रवक्ता गौतमले जानकारी दिए । देशका अन्इ जिल्लामा समेत कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको उनले बताए । मंगलबार कोरोनाका दुई सय चार जना नयाँ संक्रमित थपिएका थिए र हालसम्म नेपालमा संक्रमितको संख्या १६ हजार एक सय ६८ पुगेको छ । महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा कोरोना भाइरसबाट बढी प्रभावित छन् । ति प्रत्येक जिल्लामा संक्रमितको संख्या पाँच सय नाघेको छ ।




