सर नमस्कार ,
हुनत मैले जयनेपाल सर भन्नु पर्ने हो तर करिब ५ बर्ष संगठनमा बसेको मैले नमस्कार नै गर्न चाहें । अब कुरामा प्रबेश गरौं, कबिन्द्र सर तपाइँको फेसबुक प्राय हेरिरहन्छु , हेर्छु नै भनेर हेर्ने होइन कि तपाईं मेरो फेसबुक फ्रेण्ड लिस्टमा हुनुहुन्छ र तपाईंको फेसबुक संग म पनि अपडेट छु , तर गज्जब त लाग्छ अनि भित्र भित्रै ग्लानी पनि भएर आउँछ मलाइ तपाईंको अपडेट देख्दा ।
पहिलो कुरा त फौजी ड्रेस लगाएको फोटो सामाजिक संजालमा राख्न हुंदैन भन्ने संगठनको निति तपाई बाट ठाडै उलंघन भएको छ । यस्तो गर्दा तपाईं मातहतले के सोच्ला भन्ने तपाईंलाई कुनै हेक्का नै छैन , ति परिपत्र तपाइँ सम्म पुग्दैन भनेर म कसरी पत्याउँ ? अरु त अरु तपाईं आफ्नो तारा भएको गाडिको फोटो समेत फेसबुकको भित्तामा राख्नु हुन्छ , के केटाकेटी र उत्ताउलो पारा हो यो ? उमेर पचपन बानी बचपन को यो हर्कत किन डियाइजी साब ? तपाईंले सलामी खाएका र युनिट भिजिट गरेका फोटा उत्तिकै पोस्ट गर्नुहुन्छ तर आफु मातहतका सिपाही हबल्दारले अगाडी नै आएर गोडा बजारेर जयनेपाल गरे झिंगा बराबर सोचेर कुनै प्रतिक्रिया दिनु हुन्न किन ? तपाईंको फुलिलाइ जसरी सम्मान गरेर जयनेपाल गरिन्छ तब सलाम फर्काउनु पर्छ भन्ने कुरा कहिले सिक्नु हुन्छ रु रिटायर्ड भए पछि रुकि तपाइँलाई सलाम फर्काउन आउंदैनरुजति सम्मानकासाथ सलाम गरिन्छ त्यतिनै सम्मानका साथ सलाम फर्काउनु पर्छ भन्ने कुरा यो उपदानमा निस्केको सिपाहीले सम्झाउनु पर्छ जस्तो लाग्दैन । अनि तपाईंको घर को कुना कुना र चोटा चोटाको सामन्ती ढंगको तस्बिर देख्दा आफ्नो पेट मारेर बिओपी र गुल्म अनि गणपतिले तपाईंलाइ बुझाएको रकम एउटा निरिह सिपाहिले नदेखे पनि भित्र भित्रै तड्पिदो हो ।
एक पटक ठन्डा दिमागले सोच्नुस् तपाईंले २ नम्बर बाहिनी बस्दा बिओपी कमान्डरलाइ अश्लील गाली गर्दै महिनावारी रकम उठाएको , आखिर त्यो पैसा त तिनै निरिह सिपाही हबल्दारको पेट मारेर तपाईं सम्म पुर्याइएको हो अनि त्यही पैसाले सजाइएको घर गाडी, साइकल , त्यही लगानी रहेको कुकुरका फोटा हालेर के सन्देश दिदै हुनुहुन्छ ? कि कसैलाइ त्यो कुरा थाहा छैन भनेर आत्मरतिमा रमाउंदै हुनुहुन्छ ? तपाईंको पैतृक सम्पती भन्नु होला त्यो पनि छ पनि होला तर तपाइँको त्यो दैनिकी र मस्तिमा सिपाही हबल्दारको राशनको पैसा पनि मिसिएको कुरा हेक्का रहोस् ।कहिले महंगा जिप किन्ने धोको फेसबुकमा , कहिले ड्रेसका छरपस्ट फोटा अनि हुंदा हुंदा पोखराको काठ उधोगको बिज्ञापन समेत तपाईंको फेसबुकमा देख्न पाइन्छ , कि त्यो उधोगमा पनि लगानी छ र डिआइजी साब ? अब घर जाने बेलामा त संगठनको लागी केहि गर्नुस् कति मातहतको राशनको हिसाब गरेर बस्नु हुन्छ ? रिटायर्ड पछि पनि कसैले सम्झिने काम गर्नुस् सर काधको फुलि त केहि महिनामानै फुस्किदै छ ।
अनि ति फेसबुके फोटा देखेर सिपाहिको पेट मारेर भए पनि जबर्जस्त तपाईं लाइ पैसा बुझाएका मातहत कमान्डरको आत्मा कति रुन्छ होला ? तपाईंको महंगा साइकल र आलिसान महल, गाडी , रिसोर्टमा चुस्कि लगाउंदै गरेको र महंगा कुर्सी टेबलमा बसेर बियर र वाइनको बोत्तल लडाएको फोटो हेरेर राशन समेत मारिएको सिपाहिको मन रुन्छ डिआइजी साब , त्यसैले फेसबुकमा दरबारिया शैलिको प्रदर्शन नगर्नुस् ,तपाइंको सम्पत्ती फेसबुकमा हेर्ने रहर कसैलाइ छैन डिआइजी साब फेसबुकमा सम्पती नदेखाउनुस् , सस्ता फोटा पोस्ट नगर्नुस् , दर्जाको ख्याल गर्नुस् , संगठनको परिपत्र र निति पालना गर्नुस् , संगठनको हित सोच्नुस् , आफ्नो स्वार्थ होइन ।
सशस्त्र प्रहरिको भलो चाहने एक भूपू जवान जयनेपाल !




