काठमाडौं। मेलम्ची खानेपानी आयोजनाले मुख्य सुरुङमा पानी परिक्षण गर्दा आयोजनाको मुहान रहेको हेलम्बु गाउँपालिकालाई जानकारी नगराएको भन्दै गाउँपालिका र स्थानीयबासीले आप ित्त जनाएका छन ।
आयोजनाले आषाढ २१ गते आईतबार निर्माणधिन मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट काठमाडौंमा पानी पठाउनको लागि मुख्य सुरुङमा पानी हाल्ने काम गरेको थियो । सुरुङमा पानी परिक्षण गरिएको भोलिपल्ट गाउँपालिकाले सोमबार विज्ञप्ति मार्फत असन्तुष्टि व्यक्त गरेको हो ।
गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो शेर्पाले विधिवत रुपमा सुरुङगको उद्घाटन गरेको कुरा स्थानीय सरकार र स्थानीयवासीले विभिन्न सञ्चार माध्यमबाट मात्र थाहा पाउँदा आयोजनाले एउटा जिम्मेवार स्थानीय सरकारसँगको समन्वय, सहकार्य र सहायोग कसरी भई रहेको छ ? भन्ने कुरा घाम जस्तै छर्लङ्ग हुने बताए ।
पालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, काठमाडौँ उपत्यकाबासी हाम्रो सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीको घर घरमा यथासिघ्र हेलम्बुको स्वच्छ र सफा पानी पु¥याउने हेलम्बु र स्थानीयवासीको तिब्र इच्छा रहेको छ । तर,सम्बन्धित निकायबाट हाल र विगतका यस्तै गैरजिम्मेवार कार्यहरुबाट नेपालको संविधानको धारा २३२ ले सुनिश्चित गरेको तिनै तहको सरकारबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने मान्यताको विपरीत भएको भन्दै पालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्थानीय सरकारको समन्वय र सहयोग आवश्यक रहने यस राष्ट्रिय गौरवको आयोजनामा स्थानीय सरकार र स्थानीयवासीलाई संग्लन नगराएको भन्दै हेलम्बुले घोर आपत्ति प्रकट गरेको छ । आगामी दिनमा आयोजनाका गतिविधि नसच्चिए स्थानीय सरकार र स्थानीयवासी आयोजनाका गलत काम कारवाहीका विरुद्ध उत्रन बाध्य हुने चेतावनी दिएको छ ।




