ताजा समाचार

सुनकोसीले ल्यायो ४० करोड ४४ लाखको बजेट

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सरकार कोरोना नियन्त्रणमा असफल भएको आरोप लगाएका छन । सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति बस्नेतले कम्युनिष्ट नेतृत्वको सरकार मानवीय संवेदनालाई विर्सेर आन्तरिक शक्ति संघर्ष र भ्रष्टाचारमा चुर्लुम्म डुबेका आरोप लगाएका हुन ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रवण कुमार जिसि(बिनोद) ले गाउँपालिकाबासीका हितमा नीति तथा कार्यक्रम र बजेट ल्याइएको बताए ।
सोमवार पालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै आउँदो आर्थिक वर्षका लागि ४० करोड ४४ लाख ३९ हजार ३६० रुपैयाँको बजेट ल्याएको छ । सुनकोसीले ६ करोड १० लाख चालुतर्फ र पूँजीगततर्फ १ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको छ । पालिकाले वडागत योजनाका लागि तीन करोड ७८ लाख बजेट छुट्टयाएको छ ।

सुनकोसीले कोरोना नियन्त्रणका लागि ५० लाख,विपद व्यवस्थापनमा ५० लाख, कृषिमा आधारित युवा स्वरोजगार कार्यक्रममा ४० लाख, महिला सीप विकास र लघु उद्यममा १० लाख छुट्टयाएको छ ।

पालिकाले यो वर्षदेखि घर वहाल कर र घरजग्गा नक्सा पासमा लगाएको कर नलिने निर्णय गरेको छ । वजेटमा शिक्षा, स्वास्थ्य,कृषि, पर्यटन, रोजगारलाई प्राथमिकता दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *