काठमाडौ । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ६३ जना सहसचिवलाई सरुवा गरेको छ । आइतबार मन्त्रालयले सहसचिवहरुको सरुवा गरेको हो । वरिष्ठ सहसचिवलाई काठमाडौ बाहिर पठाउने मन्त्रालयको नीति अनुसार यसपटक वरिष्ठ सहसचिववलाई काठमाडौं बाहिर सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले केही सहसचिवलाई काज सरुवा गरेको छ भने केहीलाई कामकाज गर्नेगरी विभिन्न कार्यालयमा खटाएको छ । बरिष्ठ सहसचिवहरुलाई प्रदेश मातहतका कार्यालयमा पठाइएको मन्त्रालयले जनाएको छ । यसअघि छानी छानी कनिष्ठ सहसचिवलाई काठमाडौं बाहिर पठाउने र वरिष्ठ सहसचिवलाई काठमाडौमा खटाउने गुनासो आउने गरेको थियो । यस्तो गुनासो बारम्वार आउन थाले पछि सरकारले वरिष्ठ सहसचिवलाई काठमाडौ बाहिर पठाउन सुरु गरेको हो । केही दिन अघि मात्र उपसचिवबाट सहसचिवमा बढुवा भएका २२सहसचिवलाई पनि सरकारले काजमा खटाएको छ ।
प्रदेशमा खटाइएका वरिष्ठ सहसचिवहरूमध्ये भुपाल बराल, शोभाकान्त पौडेल, चन्दकला पौडेल लगातका छ। उनीहरूलाई कर्णाली प्रदेश, प्रदेश २, गण्डकी प्रदेश लगतका प्रदेश मातहत कार्यालयमा खटाइएको छ ।




