काठमाडौं । त्रिदेशीय सीमा विन्दु पहिल्याउन नसक्दा नेपाल–भारत तथा नेपाल–चीन दुवैतर्फ जीरो नम्बर पिलर अझै विछयाइएको छैन । दुवैतीर एक नम्बर पिलरबाट पिलर विछ्याउन सुरु गरिएको छ । नेपालको सिमाना भारततर्फ ८हजार ५सय ५३ वटा तथा चीनतीर एक सय वटा पिलर विछयाइएका छन,तर नेपाल–भारत र नेपाल–चीन दुवैतिर १ नम्बरबाटै पिलर बिछ्याउन सुरु गरिएको छ । जिरो नम्बर पिलर राखिएको ठाउँ त्रिपक्षीय सीमा बिन्दु हो । त्रिदेशीय सीमा बिन्दुले तीन देशको सीमा आपसमा छुट्ट्याउने गर्छ । नेपालको पश्चिमी सीमा दार्चुला र पूर्वीसीमा ताप्लेजुङसँग भारत र चीन जोडिएकाछन् । त्यसकारण पश्चिममा दार्चुलार पूर्वमा ताप्लेजुङमा त्रिदेशीय सीमा बिन्दु कायम हुनुपर्ने हो । तर नेपाल र चीनबीच सीमासम्बन्धी सहमति हुँदा भारतीय पक्षको उपस्थिति नभएपछि त्रिदेशीय सीमाबिन्दु कायम हुन सकेन, जसबाट पूर्व र पश्चिम दुवैतिर सिमानामा जिरो नम्बर पिलर गाडिएको छैन ।
त्रिपक्षीय सीमा बिन्दु कायम गर्दा तीन देशबीच सहमति आवश्यक पर्छ । सन् १९६१मा नेपाल र चीनबीच सीमा सहमति हुँदा भारतीय पक्ष अनुपस्थिति थियो । त्रिदेशीय सीमा सम्झौतामा भारतीय पक्ष सहमतिमा अनुपस्थित भएपछि चीनसँगनेपालको पश्चिमी सीमा टिंकरबाट सुरु गरिएको छ । टिंकरमा एक नम्बर पिलर बिछयाइएको छ । टिंकरबाटै चीनतिर पिलर बिछ्याउन सुरु गरिएको हो । यसैगरी पूर्वतिर ताप्लेजुङमा पनि जिरो नम्बर पिलर बिछयाइएको छैन । सन् १८१६मा भएको सुगौली सन्धिअनुसार नेपाल र भारतबीच सीमा सम्झौता भएको हो । सुगौली सन्धिपछि चीनसँग सम्झौता गरिएको थियो । चीनसँगको सम्झौता हुँदा भारतीय पक्ष अनुपस्थिति भएको हो । सुगौली सन्धिअनुसार नेपाल–भारतबीच पश्चिमी सीमा लिम्पियाधुरासम्म जोडिएको छ,यसबाट लिम्पियाधुराबाट नेपालको जिरो पिलर बिछयाइनुपर्ने हो तर लिम्पियाधुरासम्म सीमा कायम गर्न भारतको सहमति नहुँदा लिम्पियाधुरामा जिरो नम्बर पिलर बिछयाउने काम नभएको नापी विभागका कर्मचारीहरू बताउँछन् । नेपाल–भारतबीच पश्चिमी सीमामा विवाद भए पनि पूर्वतिर भने विवाद छैन ।
पश्चिमी सीमाको विषयमा विवाद नटुंगिएपछि विवाद नभएको पूर्वी सिमानामा पनि त्रिदेशीय सीमाविद् कायम हुन नसकेको हो । नापी विभागका अनुसार सन् १९७९मा नेपाल–चीनसंयुक्त प्राविधिक टोलीको बैठकमा पनि त्रिदेशीय सीमा बिन्दु कायम गर्नेबारे छलफल भएको थियो । तर त्यसबेला पनि भारतीय पक्षले सहमति नजनाउँदा परिणाम निस्केन । विभागका अनुसार त्रिदेशीय सीमाको बारेमा नेपालले सन् सन् १९८१मा नेपाल र भारतीय पक्षवीच भएको बैठकमा उठाएको थियो । तर उक्त बैठकमा भारतीय पक्षले सन् १९७९मा नेपाल—चीनवीच भएको सीमा निरिक्षण तथा अध्ययन बैठककै विरोध जनाएको थियो । भारतीय पक्षले सन् १९७९को नेपाल–चीन बैठकले गरेको निर्णयलाई पनि अस्विकार गर्ने भारतीय पक्षले बताएको थियो, त्यसपछि त्रिदेशीय सीमा विन्दु निश्चित गर्ने काम भएन । नेपाल–चीन सीमा विवाद भने ५९ वर्ष अघि नै टुगिंएको थियो ।
५९ वर्ष अघि नेपाल–चीनले सीमा मापन गरी १५ ठाउँमा भूभाग साटफेर गरेका थिए । विभागका अनुसार नेपाल र चीनवीच वैज्ञानिक सीमाकंन गर्न २०१६ चैत ९गते दुई देशवीच सम्झौता भएको थियो । उक्त सम्झौतको आधारमा २०१८ असोज १९गते नेपाल र चीनवीच सीमा सम्बन्ध भयो । सो सम्झौता अनुसार दुई देशका प्राविधिकहरूले संयुक्त रूपमा क्षेत्रगत तवरमा सिमाकंन गरे । यही बेला चीनको सगरमाथाको स्वामित्वको विवाद पनि टुंगिएको थियो । दुई देशको सीमाकंनको काम २०१८ देखि २०१९सम्म गरिएको थियो । सिमाकंनको सबै काम सकिए पछि २०१९माघ ७गते दुई देशवीच सीमा वडापत्र (बाउन्डरी प्रोक्टोकल) मा हस्ताक्षर भएको थियो ।




