काठमाडौं। कोरोना महामारीका कारण स्थिगित भएको यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । शुक्रबार शिक्षा मन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई निर्णय गरेको हो ।
कोरोनाका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्ध गर्ने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले भने कक्षा ११ को पनि बोर्डले नै कार्यविधि बनाउने भनिएको छ । बोर्डले कार्यविधि बनाएपछि सम्बन्धित विद्यालयले विद्यार्थीलाई अंक प्रदान गर्ने छन ।
यस अघि एसईईको आन्तरिक मूल्याङ्कनको आधारमा विद्यालयले अंक दिने, शिक्षा विकास तथा समन्वय इकाईले सिफारिस गर्ने र बोर्डले प्रमाणित गरी प्रमाणपत्र दिने व्यवस्था गरिएको छ ।
कक्षा १२ को विषयमा भने कुनै पनि निर्णय भएको छैन । ।




