ताजा समाचार

किन बाेलाए ओलीले मन्त्रीलाई बालुवाटार ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतलनिवासबाट फर्केपछि मन्त्रीहरुसँग छलफल गरिरहेका छन् ।
पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न जानुलाई र मन्त्रीहरुसँगको छलफललाई महत्वका साथ हेरिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरूलाई बालुवाटार बोलाएका थिए ।
मन्त्रीहरूलाई मिटिङका लागि भन्दै बोलाइएको थियो । दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न पुगेका थिए दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । आफ्नै पार्टी नेकपाका नेताहरुले राजीनामा मागिरहेको र पार्टी
बैठकसमेत स्थगित भइरहेको बेला मन्त्रीहरुलाई बोलाइएको हो । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरुले स्थायी कमिटी बैठकमा राजीनामा मागेपछि प्रधानमन्त्री ओली बैठकमै जान छोडेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *